१० मंसिर २०८१ सोमबार
image/svg+xml

१८ वर्ष नाघेका सबै नागरिकलाई बुस्टर डोज: स्वास्थ्यमन्त्री खतिवडा

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पुरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताएका हुन्।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ।

थप दुई हजार ५२६ जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना काेराेना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन्।

संक्रमणदर ११.८ प्रतिशतले कम

मन्त्रालयका अनुसार गत साता पिसिआर परीक्षण भएका कुल १ लाख २० हजार २ सय ९९ वटा पिसिआर नमुनामध्येमा ५९ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको थियो भने यो साता परीक्षण भएका ८४ हजार २ सय ३१ वटा नमुनामध्ये २९ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोनाबाट थप ३३ जनाको मृत्यु

पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत देखिएको छ। कुल परीक्षण भएका १३ हजार १ सय ४५ वटा नमुनामा ३ हजार ५ सय ४० मा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमणदर घट्दै

शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्।

मुलुकको जनसांख्यिक चित्र

जनसंख्या वृद्धि दरमा कमी आउनुलाई स्वाभाविक मानिएको छ। बढ्दो शैक्षिक अवस्था, घट्दो प्रजनन दर, बढ्दो बाह्य बसाइँ सराइ, सामाजिक चेतनामा वृद्धि, लैंगिक विभेदमा आएको कमी तथा विवाहको सरदर उमेर बढ्दा जनसंख्याको सरदर वार्षिक वृद्धि दर प्रभावित भएको हो।

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

अब हामी आत्तिएर, मात्तिएर लकडाउन गर्दैनौंः स्वास्थ्यमन्त्री खतिवडा

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे।

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गरेका हुन्।

थपिए ३ हजार ७५ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बुधबार बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

कोरोना संक्रमणदर ९.५ प्रतिशत पुग्यो

शनिबारको तुलनामा आइतबार एकै दिन २ प्रतिशतले संक्रमणदर वृद्धि भएको तथ्यांकले देखाएको छ। गत २४ घण्टामा परीक्षण भएका कुल १२ हजार ६ सय ६२ वटा नमुनामध्ये ११ सय ६७ जनामा कोरोना पुष्टि भएको छ।

थप २४ जनामा ओमिक्रोन पुष्टिः संक्रमण दर ५ प्रतिशत नाघ्यो

विभिन्न सीमा नाकाबाट प्रवेश गरेकाहरूमा कोरोना पुष्टि हुने क्रम बढ्नु र भारतमा ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च दरमा वृद्धि हुनुले नेपालमा कोरोना संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयले संकेत गरेको छ।

थप २८० जनामा कोरोना पुष्टि, ६ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ९९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्