१० मंसिर २०८१ सोमबार
image/svg+xml

जिल्ला ठप्प, कार्यकर्ता भेटिँदैनन्

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ। सडक, बजार कतै पनि बन्दकर्ता नभएपनि जिल्लाको जनजीवन प्रभावित भएको हो। कलकारखाना, उद्योग, बजार र विद्यालय पूर्ण रुपमा बन्द रहेका छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडालाई त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

राउतका कार्यकर्ता भन्छन्, ‘सम्झौताले खुला रूपमा एजेन्डा राख्ने वातावरण मिल्यो’

सरकारसँग डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठनबन्धनले ११ बुँदे सम्झौता गरे पनि पुरानो माग भने कायम रहेको गठबन्धनका कार्यकर्ताहरुले बताएका छन्। सीके राउतले सरकारसँग सम्झौता गरेपछि पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएको विश्लेषण गरिएको छ। तर, राउतका कार्यकर्ताले भने सम्झौताले खुल्ला राजनीतिमार्फत स्वतन्त्र मधेसको मुद्दालाई जनतामाँझ राख्ने वातावरण मिलाएको बताएका छन्।

चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा अधिकांश जिल्ला तहका नेता छन्।

जागिर खाना थाले राउटे

राउटेहरू स्पष्ट तीन मान्यता राख्छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने। आफ्नै मान्यताविपरीत पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्।

‘पार्टी एकता भाड्ने षड्यन्त्र सफल हुन दिन्नाैं’

नेकपाका शिर्षनेताहरुले पार्टी एकता टुंग्याउने कुरामा ढिलाई भएको स्विकार गर्दै यसलाई केही दिन भित्रै टुङ्ग्याइने बताएका छन्। सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजित प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेताहरुले पार्टी एकता एक डेढ साता भित्रै टुंग्याउने बताएका हुन्।

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका ३० नेता, कार्यकर्ता पक्राउ

विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन।

तीन लाखलाई प्रत्यक्ष जिम्मेवारी

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेताकार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन्। दुई पार्टी मिलेर नेकपा गठन भएको आठ महिनापछि केन्द्रीय सदस्यहरूको कार्य विभाजन तथा तल्लो तहसम्म एकीकरण प्रक्रियालाई पूर्णता दिन बनेको कार्यदलले तीन लाख नेताकार्यकर्ताले संगठनको प्रत्यक्ष जिम्मेवारी पाउने मापदण्ड बनाएको छ।

चन्द नेतृत्वका दुई कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।

दोलखामा कांग्रेसको कडा निर्देशन

स्थानीय तहमा भ्रष्टाचार र मनपरी बढेको भन्दै दोलखामा प्रतिपक्षी दल कांग्रेसले कम्युनिस्ट नेतृत्वको स्थानीय सरकारविरुद्ध कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको छ। स्थानीय तह गठन भएको दुई वर्ष बित्न लाग्दासमेत दोलखामा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नो आलोचना भइरहेका बेला कांग्रेसको जिल्ला नेतृत्वले स्थानीय तहका काम कारबाही निगरानी गर्न र बेथिति पाइए कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको हो।

अतृप्त  नेता र बेचैन युवा कार्यकर्ता

प्रकाशोन्मुख किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ को सम्पादन गर्ने क्रममा पुरानो डायरी पल्टाइरहेको थिएँ, भारतका प्रधानमन्त्री नरसिंह रावसँग प्रधानमन्त्री निवास ७ रेसकोर्स दिल्लीमा भएको भेटवार्ताको लामो टिपोटको यो अंशले मलाई वैचारिकरूपमा उत्तेजित तुल्यायो– सन् १९९६ फेब्रुअरी ७ राति ७ बजे प्रधानमन्त्री निवासको कोठामा पुगेँ।

चौध महिनापछि कार्यकर्ता समायोजन प्रक्रिया सुरु

तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भएको चौध महिनापछि बल्ल कार्यकर्ता समायोजनको प्रक्रिया थालनी भएको छ।

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

जाजरकोटको नलगाड नगरपालिका चाउलेचौरका नेकपाका कार्यकर्ता चित्रबहादुर बोहरालाई तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको कुनै अनुभूति नै  छैन।

चन्द नेतृत्वका ११ नेता कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। इलामको सूर्याेदय नगरपालिका स्थित समालबुङबाट उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो।

कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्