२ पुस २०८१ मंगलबार
image/svg+xml

त्रियुगा जनप्रतिनिधिको १ वर्षः साढे ११ किमि सडक कालोपत्रे, ७६ मुद्धा फर्स्यौट

पत्रकार सम्मेलनमा नगरप्रमुख बसन्तकुमार बस्नेतले पर्याप्त बजेटको अभावमा चाहे जस्तो विकास निर्माणका काम गर्न नसकेको बताए।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

जलेर घरसहित धनमाल नष्ट

सदरमुकामकै त्रियुगा नगरपालिका-१५ मा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। खाँबुको इनामे बाउन्नी डाँडामा सोमबार साँझ आगलागी हुँदा स्थानीय गौरबहादुर राईको घर र घरभित्र रहेको धनमाल जलेर नष्ट भएको हो।

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना

किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्षमा मुना राई चयन भएकी छिन्। शनिवार गाईघाटस्थित टाउन हलमा सम्पन्न आर्ठाैँ जिल्ला सम्मेलनले त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो।

त्रियुगा नदी व्यवस्थापनः बजेट कटौतिले काममा अवरोध

जिल्लाबासीलाई वर्षेनी कटान र डुबानको समस्यामा पार्दै आएको त्रियुगा नदी व्यवस्थापन गर्ने जिम्मा पाएको ‘त्रियुगा नदी व्यवस्थापन कार्यालय (टीआरएमओ)’ उदयपुर, बजेट अभावले छट्पटिमा परेको छ।

त्रियुगाले थाल्यो सामाजिक सुरक्षा भत्ता वितरण

त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा झन्डै महिना दिनदेखि रोकिएको सामाजिक सुरक्षा (सासु) भत्ता वितरण कार्य सुरु भएको छ। हरेक ३–३ महिनामा दिइने भत्ता चैत दोस्रो साताभित्र पाइसक्ने गरेका लाभग्राहीले यसपटक हाकिम नहुँदा वैशाख पहिलो सातासम्म कुर्नुपरेको हो।

त्रियुगा नगरपालिकाले पायो २ महिनापछि नयाँ कार्यालय प्रमुख

दुईपटकसम्म हाजीर हुन आएका राजलबटलाई नगरपालिकाले हाजीर नगराएपछि मन्त्रालयले नयाँ प्रमुख प्रशाकीय अधिकृतको रुपमा उपसचिव विष्णुभक्त सिग्देललाई खटाएको छ।

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

वडाध्यक्ष कपको उपाधि फ्युजन क्लबलाई

बिहीबार सम्पन्न फार्यनल खेलमा त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्युजनले सगरमाथा फुटबल क्लब त्रियुगा नगरपालिका ८ राजाबासीलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

त्रियुगा बसपार्क: ठेकेदारले समयमै काम सम्पन्न नगरेपछि, ठेक्का तोड्ने प्रक्रिया सुरु

प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजनासहित उदयपुर सदरमुकाम गाईघाटमा निर्माण सुरु भएको ‘त्रियुगा बसपार्क’ को काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।

वडाध्यक्ष कप: फ्युजन र सगरमाथा फाईनलमा

अघिल्लो दिन सम्पन्न अन्तिम सेमिफाईनल खेलमा स्वर्णिम क्लब देउरीलाई हराउँदै वडा नं. १० बोक्सेको फ्युजन क्लब फाईनलमा प्रवेश गर्दै सगरमाथासँग उपाधिका लागि स्पर्धा गर्ने भएको हो।

स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध

त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।

त्रियुगामा ‘हाकिम लफडा’: दैनिक कामकाजदेखि विकास निर्माण कार्य प्रभावित

प्रमुख प्रशासकीय अधिकृतको ‘लफडा’मा फसेको सदरमुकाम त्रियुगा नगरपालिकामा झण्डै दुईसातायता कामकाज प्रभावित भएको छ।

सकिँदै त्रियुगा बाँधको पहिलो चरणको काम

उदयपुरवासीका लागि वर्षौं ‘कहर’ साबित हुँदै आएको त्रियुगा नदी नियन्त्रणको पहिलो चरणको काम सकिँदै छ।

६ सय ३५ जना जेष्ठ नागरिकले पाए तातो पानी खान ‘विद्युतीय जग’

वडा कार्यालयमै आइतबार आयोजित एक कार्यक्रममा सामाजिक सुरक्षा भत्ता लिने सबै लक्षित समूहलाई विद्युतीय जग प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्