२ पुस २०८१ मंगलबार
image/svg+xml

उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला

सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला परेको छ। क्याम्पस प्राङ्गणबिचको मन्दिरनेर सदियौँ पुरानो दरबार र मूर्तिको भग्नावशेष फेला परेको हो।

युवाको कुटाइबाट वडा सदस्य गम्भीर

स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो।

शनिबारदेखि ‘त्रियुगा १० गोल्डकप फुटबल’

वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।

चन्दादाताको सहयोगमा विद्यालयको घेराबन्दी, प्रवेशद्वार र मञ्च निर्माण

विद्यालयले अभिभावक, शिक्षक, शिक्षा प्रेमी, कर्मचारी र जनप्रतिनिधिसँग चन्दा संकलन गरेर अपुग रकम थप्दै गेट, कार्यक्रम गर्ने मञ्च र स्कुल घेराबन्दी निर्माण गरेको हो।

राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित

हरेक महिना आउनु पर्ने राजश्व बाँडफाँडको रकम २ महिनायता निकासा नआउँदा स्थानीयतहहरु प्रभावित भएका छन्।

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।

बजेटको आकार घटाउँदै त्रियुगाको १० औँ नगरसभा सम्पन्न

शुक्रबार आयोजित नगरसभामा नगरप्रमुख बसन्तकुमार बस्नेतले पेश गरेको विभिन्न ६ वटा ऐन, १३ वटा कार्यविधि र २ वटा नीति तथा कार्ययोजना पारित गरेको छ।

त्रियुगा बसपार्कको ठेक्का तोड्न माग

सदरमुकाम गाईघाटमा निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’को काम कछुवा गतिमा भइरहेको भन्दै चाँडो सक्न स्थानीयले माग गरेका छन्।

त्रियुगामा ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता’ सोमबारदेखि

सदरमुकाम त्रियुगा नगरपालिकाले सोमबारदेखि ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता ०७९’ सुरु गर्दैछ।

त्रियुगा १६ नं. वडा नयाँ भवनमा

सदरमुकामको नगरपालिका भए पनि गाईघाटदेखि झण्डै २५ किलोमिटर पश्चिम बिकट पहाडी भेगमा पर्ने सो वडाको केन्द्रस्थल चिलाउनेमा नवनिर्मित भवनबाट भर्खंर कार्य सञ्चालन सुरु भएको हो।

विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते

करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।

त्रियुगा नगरको बजेट १ खर्ब २३ करोड

सोमबार नगरपालिकाकै सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आवधिक गतिविधिको ‘सार्वजनिक सुनुवाई’सँगै बजेट पुस्तिका सार्वजनिक गरेको हो।

अटो रिक्सा दुर्घटनामा नाबालकको मृत्यु, ८ घाईते

जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको छ।

ज्यालादारी भएपछि त्रियुगाका करारले आधा तलवमै चित्त बुझाए

ज्यालादारी सबै कर्मचारीले असोज महिनाको तलब भत्ता बुझिसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुृर वनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्