१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

तालिम उद्घाटन गर्दै उपमेयर राई र अध्यक्ष अधिकारीलगायत। तस्बिरः महेश्वर

त्रियुगा नगरपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘३ महिने ढाका बुनाई तालिम’ सञ्चालन थालेको छ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।  

त्रियुगा ८ राजाबासस्थित ओरेक भवनमा आयोजित तालिममा नगरभरीका १० जना महिला उद्यमीको सहभागिता रहेको छ।  सहभागी सबैलाई ढाका बुनाई सम्बन्धी आवश्यक सामग्री बनाउन कुमारी मगर र दया दनुवारले प्रशिक्षण दिइरहेका छन्।  आईतबार नगर उपप्रमुख महेश्वरी राईले तालिमको उद्घाटन गर्दै महिलाहरु सिप किसेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताईन्।  नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’ मार्फत अघि सारिएको यो योजनाले महिलाहरु सिपयुक्त हुन सकने गाउँघरमै बसेर सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सक्ने राईले बताईन्।  

‘हिजो प्रयोग गरिदै आएका परालको गुन्द्री, मकैको खोस्टाका पिरा अहिले बिस्थापित भईसके, त्यसको संरक्षण गर्न सकिएन’ उपमेयर राईले भनिन् ‘अव त्यस्तै गर्न नसके पनि केही उन्नत तरिकाका घरेलु सामग्रीहरु उत्पादनगर्न यस्तो तालिमको महत्वपूर्ण भूमिका हुन्छ। ’ सिप सिकेपछि परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरु सक्षम हुने उनको भनाई थियो।  आर्थिक उन्नति गर्न सके हरेक कुरामा पुरुष (श्रीमान् छोरा) को भर पर्नु नपर्ने हुँदा स्वाभिमानी भएर बस्न सकिने पनि उनले बताईन्।  

ओरेक नेपालकी अध्यक्ष डा। रेणु अधिकारीले महिलालाई नेतृत्वदायी भूमिकामा पुग्नका लागि सबभन्दा पहिले सिपयुक्त र आर्थिक रुपले मजवुत बनाउनुपर्ने खाँचो औंल्याईन्।  उनका अनुसार क्षमता र अर्थ बिना कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्न सक्दैनन्।  ‘महिलाहरु कुनै कुरामा कम छैनन् तर, नेतृत्व स्थापित गर्न किन सकिरहेका छैनन्?’ उनको प्रश्न छ ‘नेतृत्वमा स्थापित हुनका लागि हरेकक्षेत्रमा महिला अघि बढ्नु आवश्यक छ, त्यसमा सबभन्दा पहिले सिपले सक्षम भएर आर्थिक रुपमा मजवुत हुन जरुरी छ। ’

अध्यक्ष अधिकारीले सिपले महिलाहरुलाई जीविकोपार्जनमा आत्मनिर्भर बनाएर राष्ट्रको सबल नेतृ्त्वकर्ता महिला बनाउन मद्धत गर्ने बताईन्।  स्थानीय महिलाबाट उत्पादित सामग्रीको बिक्री वितरण गर्न ओरेकले नै बिक्री केन्द्र राख्ने अधिकारीले बताईन्।  बताईन्।  कार्यक्रममा त्रियुगा नगरपालिका ८ का वडाअध्यक्ष राजकुमार राउत, ९ का सदस्य मीरा विश्वकर्मा, ओरेक सचिव सविता पोखरेल र निर्वतमान अध्यक्ष रामवती चौधरीको पनि उपस्थिति थियो।  

प्रकाशित: २ माघ २०७९ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App