७ वैशाख २०८१ शुक्रबार
समाज

अटो रिक्सा दुर्घटनामा नाबालकको मृत्यु, ८ घाईते

उदयपुरमा अटो रिक्सा दुर्घटनामा पर्दा एक नाबालकको ज्यान गएको छ। सोमबार राति ७ः०० बजे गाईघाट–साउने खण्ड सडकको त्रियुगा नगरपालिका १४ दियालेमा प्र १–०५–००१ ह ००२७ नं. को अटो रिक्सा दुर्घटना हुँदा त्रियुगा नगरपालिका ४ का ५ वर्षीय नुजल मगरको ज्यान गएको हो।  

साउनेबाट गाईघाटतर्फ आउदै गरेको अटो सडकको घुम्तीमा आफै अनियन्त्रित भई दुर्घटना हँुदा अटोमै सवार लिला मगरका छोरा नुजल गम्भीर घाईते भएका थिए। उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएकोमा चिकित्सकले राति नै मृत घोषित गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा  बुझाएको छ।  

दुर्घटनामा परी घाईते चालक तथा अटोमा सवारसमेत ८ जनाको उपचार भईरहेको छ। घाईते हुनेहरुमा चालक त्रियुगा नगरपालिका ४ कै ४७ वर्षीय लिलबहादुर मगरको अनुहारको बिभिन्न भागमा चोट लागको छ। मृतककी आमा सोही ठाउँकी ३३ वर्षीया लिला मगरको पनि अनुहार र दुबै हात, खुट्टामा चोट लागेर घाईते भएकी छिन्।  

अटोमा सवार अन्य घाईतेहरुमा त्रियुगा ४ कै २६ वर्षीया बालिका मगरको दाहिने हातमा सामान्य चोट लागेको छ तर, स्वास फेर्न गाह्रो भएको अस्पतालले जनाएको छ। अर्का सवार त्रियुगा नगरपालिका १५ खाँबुका २९ वर्षीय मानबहादुर मगरको बाँया खुट्टा र दाहिने हात चलाउन नसक्ने गरी घाईते भएका छन्। त्रियुगा १५ कै राजकुमार मगरको दुवै हात र दाहिने खुट्टामा चोट लागेको छ।  

त्यसैगरी अन्य घाईते हुनेहरुमा त्रियुगा १५ कै २० वर्षीया चेतना मगरको  टाउको र दुवै खुट्टामा चोट लागेको छ। भने सोही ठाउँका ४४ वर्षीय सर्दबहादुर मगरको पनि टाउकोमा चोट लागेको छ। १५ कै ४३ वर्षीया डिकमाया मगरको दुबै खुट्टा र अनुहारमा चोट चोट लागेको छ। उनीहरु सबैको गाईघाटमै उपचार भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेशकुमार पोदारले बताएका छन्।  

घाईतेहरु सबै बोल्न सक्ने अवस्थामा रहेको तर, स्थिति सुधार भईरहेको डिएसपी पोदारले बताएका छन्।  

प्रकाशित: २२ कार्तिक २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App