१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

६ सय ३५ जना जेष्ठ नागरिकले पाए तातो पानी खान ‘विद्युतीय जग’

क्याप्शन

सदरमुकाम त्रियुगा नगरपालिका ११ ले बृद्धबृद्धालाई जाडोमा तातो पानी खान पानी तताउने विद्युतीय जग (इलेकट्रोनिक हिटर) प्रदान गरेको छ। वडा कार्यालयमै आइतबार आयोजित एक कार्यक्रममा सामाजिक सुरक्षा भत्ता लिने सबै लक्षित समूहलाई विद्युतीय जग प्रदान गरेको हो। 

जाडो मौसममा बृद्धबृद्धालाई तातोपानी पिउनुपर्ने हुँदा त्यसलाई सहज बनाउन विद्युतीय जग प्रदान गरेको वडाध्यक्ष सुमन्त कोईरालाले बताए। उनका अनुसार वडाभित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएकाहरु, एकल महिला सबैलाई सो सामग्री प्रदान गरिएको हो। ‘सामाजिक सुरक्षा भत्ता’ शीर्षकको वार्षिक ५ लाख बजेटबाट सो कार्यक्रम सञ्चालन गरेको र वडाभित्रका ६ सय ३५ जनाले सामान पाएको पनि कोईरालाले बताए। 

मूल्य अभिवृद्धि कर (भ्याट)सहित ८ सय ५० रुपैँया मूल्य परेको जग शारीरिक, मानसिक अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला, ६० वर्षमाथिका दलित जेष्ठ नागरिक र ६८ वर्ष कटेका अन्य जेष्ठ नागरिकलाई वितरण गरिएको हो। चिसोबाट बाँच्न उनीहरुलाई यस्ता सामग्री उपलब्ध गराइएको वडाध्यक्ष कोईरालाले बताए। 

कोईरालाले सामाजिक सुरक्षा भत्ता पाउने मापदण्ड पुगेका सबै लक्षित बर्गलाई सामग्री वितरण गरिएको बताउँदै कोही भुलवश छुट्न गएको भए पुनः वितरण गरिने बताए। अहिले वितरण गर्न खरिद गरिएको सामान वडाको ५ लाख बजेटको भएकाले कोही छुटेका भए बजेट अपुग भएकाले थप रकम नगरलाई मागेर पनि सबैलाई पुर्‍याउने उनले बताए। 

वडाध्यक्ष कोईरालाले वडाले सामान दिएपछि बृद्धबृद्धा र अशक्तहरु परिवारका सदस्यबाट २४ घण्टै रेखदेख गर्नुपर्ने समस्या हट्ने पनि बताए। जाडो याममा अरुको मुख ताक्नुभन्दा ओछ्यान नजिकै जग राखिराख्ने, जाडो भयो कि हिटरमा तताएर खान सहज हुने उनको भनाई छ। ‘अरुले कति बेला पानी तताएर देलान् र पिउला भन्दै कुर्नुभन्दा आफ्नै कोठामा जग राख्नुस्, खान मन लाग्यो कि तताउँनुसु खानुस् है १’ जग बाँड्दै वडाध्यक्ष कोईरालाले बृद्धबृद्धालाई भने ‘जाडोमा छिनछिनमा तातो पानी खानुपर्छ नत्र बिरामी परिन्छ। घरका मान्छेलाई भनिरहनु पनि परे।’ 

उनले कतिपय जेष्ठ नागरिकहरु परिवारबाटै पनि अपमानित र अपहेलित भएर बस्नु पर्ने बाध्यता रहेको जानकारी आफूलाई आएको बताए। सामान्य पानी तताएर खुवाउने निहुमा पनि परिवारमा विवाद र झगडा हुने डरले कतिपय बृद्धबृद्धा चिसो पानी नै खाने गरेको उनले बताए। कामको चाप, व्यवहारिक समस्या र विभिन्न कारणले यस्तो समस्या परिवारमा हुनु स्वभाविक भएको भन्दै उनले त्यस्तो समस्याबाट मुक्ति पाउन यो सामग्री उपयोगी हुने उनले बताए। 

नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनलगायतको उपस्थिति रहेको कार्यक्रममा बृद्धबृद्धालाई सामान हस्तान्तरणसँगै सम्मान पनि गरिएको थियो। सो अवसरमा मेयर बस्नेत, उपमेयर राई, हाकिम वन र वडामा कार्यरत स्वयंसेवीहरुलाई वडाध्यक्ष कोईरालाले सम्मान पनि गरेका थिए। 

प्रकाशित: ६ फाल्गुन २०७९ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App