३ माघ २०८१ बिहीबार
image/svg+xml

पाँचौ स्थानमा उक्लियो हिमालयन शेर्पा

३७औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो। सातदोबाटोको भने समान खेलमा आठ अंक छ।

फ्रेन्ड्सको सकस

सहिद स्मारक ‘ए’ डिभिजन लिगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रलाई यस सिजन टोलीको लक्ष्य के छ भन्ने प्रश्न गर्दा उनको जवाफ थियो– रेलिगेसन क्षेत्रबाट माथि रहने।

रोचक पाँचौं चरण

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विविध कारणले पाँचौं चरण विशेष रह्यो। नेपाली फुटबल इतिहासमै काठमाडौं बाहिर लिगको खेल सञ्चालन भयो।

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

‘ए’ डिभिजन लिगः राजधानीबाहिर इतिहास बनाउँदै पोखरा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले शनिबार एउटा इतिहास रच्दैछ। २०११ सालदेखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले ६७ वर्षपछि काठमाडौं बाहिर पहिलोपटक पोखरामा लिगको खेल शुरु गरेर नयाँ इतिहास रच्न लागेको हो।

एएफसी कप छनोटको यात्राः तीन क्लबको तीव्र प्रतिस्पर्धा

सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने र एएफसी लाइसेन्स प्राप्त गरेका चार क्लबमध्ये (मच्छिन्द्र, मनाङ, आर्मी र एपिएफ) एक टोली नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोटका लागि योग्य हुनेछ।

पहिलोपटक काठमाडौं बाहिर 'ए' डिभिजन लिग हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका खेल इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुने भएको छ। लिग सुरु भएको ६७ वर्षपछि पोखरामा इतिहासमै पहिलोपटक लिगका खेलहरु हुन लागेको हो।

रेफ्रीको निर्णयमा जावलाखेल असन्तुष्ट

तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताएका थिए।

मच्छिन्द्रको सहज जित

बुधबारको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन्। नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान अंक भए पनि गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छन्।

मच्छिन्द्र र आर्मीले अंक बाँडे

स्टार खेलाडीले भरिएको मच्छिन्द्रले आर्मीविरुद्ध भने सम्झनलायक एउटा पनि मुभ बनाउन सकेन। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्ध ३ अंककै लागि खेले पनि टोलीले स्वाभाविक प्रदर्शन गर्न चुक्दा १ अंकका चित्त बुझाउनुपरेको बताए।

ठूला क्लबलाई रणनीति चाहिँदैन!

५७औं मिनेटमा मिडफिल्डर दयानन्द सिंहको कर्नर प्रहारमा रक्षक दिनेश राजवंशीको हेडरले जाली चुमेसँगै मनाङले अग्रता लिएको थियो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु: सातदोबाटोको लक्ष्यले पूर्णता पाएन

खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।

संकटालाई यु क्यानको सहयोग

यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रूपैयाँबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ ।

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्