२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

संकटालाई यु क्यानको सहयोग

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब संकटासँग यु क्यानले स्पोर्ट्स किट्स प्रायोजनका लागि शुक्रबार सम्झौता गरेको छ। 

सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी यु क्यानसँग खेलकुद सामग्रीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रूपैयाँबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ ।

यु क्यानका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र महर्जनले फुटबलप्रतिको लगावकै कारण क्लबहरूलाई प्रायोजन गरेको बताए। यस्तै हिमालयन बैंक लिमिटेड संकटाको सह–प्रायोजकका रूपमा जोडिएको छ।

संकटालाई बैंकले एक सिजनका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए। संकटा क्लबका अध्यक्ष तुलाधरले मुख्य प्रायोजकका लागि छलफल भइरहेको र एक/दुई दिनमै छिनोफनो लाग्ने बताए।

सोही कार्यक्रममा रवि सिलवालको कप्तानीमा क्लबले २२ सदस्यीय टोली पनि सार्वजनिक गरेको छ। जसमध्ये तीन अफ्रिकन तथा एक भारतीय खेलाडी समावेश छन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर ३ गतेबाट आयोजना हुँदै छ। जसमा १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दै छन्।

नयाँ सिजनको लिग मंसिर ३ गते दरशथ रंगशालामा उद्घाटन हुने तालिका छ। जहाँ यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेल हुँदै छ। 

प्रकाशित: २७ कार्तिक २०७८ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App