७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (क) मा गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

मंसिर ४ गते उपत्यकामा अति आवश्यक बाहेकका सवारी साधन बन्द हुने

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

मतपत्रको गोपनियता भंग गरे मतपत्र गणना हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ।

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको जनाएको हो।

निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

'हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन्। नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्', निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भने, 'त्यसैगरी, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र दक्षिण कोरियाको निर्वाचन आयोगका पदाधिकारी पनि पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ।'

दलका घोषणापत्रमा शिक्षा गफको दस्तावेज

प्रमुख दलहरुले घोषणापत्रमा शिक्षा सम्बन्धि गफै गफको दस्तावेज तयार पारेको शिक्षाविद्हरुको विश्लेषण छ। शिक्षा ऐन, संविधान र विभिन्न शिक्षा सम्बन्धि आयोगहरुले तयार पारेको प्रीतवेदनकै विषयबस्तुहरु आ आफ्ना घोषणापत्रमा राखेर गफको दस्तावेज तयार पारेका छन्।

‘लालपुर्जा’ सधैँको चुनावी मुद्दा

अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन। २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।

मधेसका ३२ सिटको हिसाबकिताब

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा प्रत्यक्षतर्फ ११ सिटमा विजयी भई पहिलो दल बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोकतान्त्रिक समाजवादी पार्टी) ले यसपटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ।

साना दललाई अस्तित्व जोगाउनै सकस

प्रचारप्रसार तथा अन्य राजनीतिक गतिविधिमा ठूला दलसँग प्रतिस्पर्धा गर्न साना दललाई समस्या परेको छ। आर्थिक व्यवस्थापन गर्न तथा ठूला दलका उम्मेदवार सरह खर्च जुटाउन साना दललाई सबैभन्दा ठूलो चुनौती बनेको छ।

अन्तिम कसरतमा उम्मेदवार

दैनिक दुईतीनवटा आमसभा भ्याइरहेका दलहरूले टोली विभाजन गरी घरदैलोसहितका विभिन्न कार्यक्रममा जुटेका छन्।

डलर खर्चिएर फेसबुकमार्फत मत माग्दै उम्मेदवार र दलहरू

निर्वाचनलाई लक्षित गरेर उनीहरू आमसभा, भोजभतेर, घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सक्रियता बढाइरहेका छन्।

काठमाडौं ३ मा चालिसे र राईबीच मुख्य प्रतिस्पर्धा

सत्ता गठबन्धन र विपक्षी गठबन्धनका साथै नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

तेस्रोपटक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल फागुनमा निर्वाचन गर्ने निर्णय भएको थियो। निर्वाचन आयोगले सरकारको निर्णय अनुसार त्यसै साल फागुन २९ का लागि राष्ट्रपति पदको निर्वाचनको मिति तोकेको थियो।

काठमाडौं–७ का चुनावी ‘आकर्षण’

स्वतन्त्र उम्मेदवारको रूपमा उठेका एमालेका पूर्व सांसद रामवीर मानन्धरका कारण एमालेका श्याम घिमिरे संकटमा छन् भने जनता समाजवादी पार्टीबाट उठेका राजेन्द्र श्रेष्ठका कारण मानुषीको अवस्था सहज नदेखिएको जानकार बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्