coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतपत्रको गोपनियता भंग गरे मतपत्र गणना हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेका हुन्।  

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए। 

प्रकाशित: ३० कार्तिक २०७९ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App