६ आश्विन २०८१ आइतबार
image/svg+xml

निर्वाचन खर्चको विवरण नबुझाउनेलाई तत्काल कारवाही अघि नबढाउनुः सर्वोच्च अदालत

निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई तत्काल कारवाही अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

अर्बमाथि भुक्तानी गर्न नसक्दा निर्वाचन आयोग बिलखबन्दमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराए पनि निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि गरेको खर्चको रकम भुक्तानी गर्न निर्वाचन आयोगले सकिरहेको छैन।

२०७९ मा भएको निर्वाचन खर्च ७ अर्ब रुपैयाँः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन्।

यस्तो छः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तालिका

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया शुरु हुने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरेपनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताए।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो।

निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौंः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।

सामाजिक सञ्जाललाई सरकारले दायरामा ल्याउन आवश्यक छ: प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

‘निर्वाचन टारेर राष्ट्रपतिको कार्यकाल बढाउन खोजियो’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमालेसहित सत्तारुढ राजनीतिक दल नयाँ राष्ट्रपति निर्वाचन तत्काल नगराउने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ।

स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ।

निर्वाचन खर्च: जरिवाना मिनाहा खोज्दै जनप्रतिनिधि

निर्वाचन आयोगले तोकेको समयभित्र चुनाव खर्च नबुझाएका स्थानीय तहका जनप्रतिनिधिहरूले जरिवाना मिनाहा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

दलहरूको ध्यान नयाँ राष्ट्रपतितिर

सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ।

प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो।

सुदूरपश्चिम प्रदेशः सभामुखको निर्वाचन अनिश्चित

बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्