१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारीमा छौंः प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानुन लिएर संसदमा जाने तयारी गरिएको बताए।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे।

२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँही ऐननै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे। त्यसका लागि सम्बन्धित निकायहरुसँग थप छलफल गरी ऐन शंशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरुको योजना रहेको उनको भनाइ थियो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दावी गर्दै विभिन्न संस्थाहरुले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएकोे आधारमा सुधारका अन्य कार्ययोजनाहरु पनि तय हुँदै जाने बताए।  

प्रकाशित: १२ माघ २०७९ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App