१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ग्राहक केन्द्रित विशेष अभियान ०–५–१० को घोषणा गरेको छ । यो योजनाले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको भनाइ छ । 

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकले ५ वर्षसम्म शून्य सर्भिसिङ मूल्य र १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी सेवा पाउनेछन् ।

५ वर्षसम्म शून्य सर्भिसिङ मूल्यअन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुने कम्पनीले जनाएको छ । 

कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । १० वर्ष वा दुई लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीअन्तर्गत प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनेछन् ।

यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ । बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन कम्पनीले चाहेको बताए ।

“०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ,” गौतमले भने ।

प्रकाशित: ११ वैशाख २०८२ १८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App