coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

उपनिर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २१ दललाई आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण मागेको छ।

रेशम चौधरीले निर्वाचन आयोग र नाउपा अध्यक्षविरुद्ध दिएको मुद्दामा आज पेशी

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सुनुवाइको लागि आज पेशी तोकिएको छ।

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन सरकारलाई सहयोगको आग्रह गरेको छ।

भारतमा आजबाट लोकसभा निर्वाचन, पहिलो चरणमा १०२ सिटका लागि मतदान हुँदै

आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ: प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।

उपनिर्वाचन: उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिँदै

निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको नामावली आज प्रकाशन गर्दैछ।

इलाम र बझाङमा मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमामाथि प्रतिबन्ध

दक्षिण अफ्रिकामा आगामी मे २९ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा आयोगले माग्यो सुझाव

निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ।

भारतमा राष्ट्रिय निर्वाचनको मिति घोषणा

भारतीय निर्वाचन आयोगले सन् २०२४ मा हुने राष्ट्रिय चुनाव आगामी अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको हो।

इलाम क्षेत्र–२ र बझाङ–१ मा वैशाख १५ गते उपनिर्वाचन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्