५ आश्विन २०८१ शनिबार
image/svg+xml

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सम्झौता अनुसार सांग्रिलाका ग्राहकले सिप्रदी टे«डिङबाटनयाँ गाडी किन्न चाहेमा आकर्षक ब्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा लिन सक्ने बताइएको छ।

निगम र हुलाक सेवाबीच सम्झौता

आगामी जुलाई १ देखि लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगममार्फत मात्र सामान तथा चिठीपत्र ढुवानी हुनेछन्।

सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सम्झौतामा हस्ताक्षर

कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई सो रकम उपलब्ध गराउन हस्ताक्षर भएको हो।

सरकार र कृषि विकास बैंकबीच सम्झौता

अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक)को सहयोगमा नेपाल सरकार र कृषि विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ।

अझै अघि बढेन बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम

सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ।

विश्व बैंकले आठ अर्ब ७० करोड रूपैयाँ दिने

कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच आठ अर्ब ७० करोड रूपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

डब्लुटिओ, व्यापार सम्बद्ध लगानी सम्झौता र नेपाल

नेपाल दक्षिण एसियामा ‘डुइङ बिजनेस’ को दृष्टिकोणबाट तेस्रो उपयुक्त मुलुक र प्रतिस्पर्धी अर्थतन्त्रका हिसाबले चौथो स्थानमा छ।

म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित

संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ। गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ।

तनहुँ जलविद्युत्मा १६ अर्बको ठेक्का सम्झौता

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बाँध तथा नदी फर्काउने पहिलो प्याकेजको ठेक्का सम्झौता भएको छ। आयोजनाको बाँध तथा नदी फर्काउने कामको ठेक्का सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन जेभीले १६ अर्ब ६२ करोड रूपैयाँमा पाएको छ।

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

हतारमा उद्घाटन र शिलान्यासः ठेक्का सम्झौता हुनै बाँकी छ, शिलान्यास भइसक्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते शनिबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रको स्विच थिचेर उद्घाटन गरे। वर्षाैंदेखि सबैभन्दा धेरै चासोको विषय बनेको मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा कहिलेदेखि वितरण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन सम्झौता

कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।

शान्ति सम्झौतालाई सफल पार्न हामीले खेलेको भूमिका युगान्तकारी छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी गरेका छन्।

आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो। यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सन कम्पनीले पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्