१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबिच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सांग्रिलाका ग्राहकले सिप्रदी ट्रेडिङबाट नयाँ गाडी किन्न चाहेमा आकर्षक ब्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिनाधितो कर्जा लिन सक्ने बताइएको छ।  

ग्राहकबाट आवश्यक कागजात प्राप्त भएको ३ दिनभित्र उक्त गाडी खरिदका लागि कर्जा दिइने विज्ञप्तिमा उल्लेख छ। यस सेवाअन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाबाट कर्जा प्रदान गरिने जनाइएको छ।

प्रकाशित: १६ असार २०७८ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App