८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकार र कृषि विकास बैंकबीच सम्झौता

अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक)को सहयोगमा नेपाल सरकार र कृषि विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ। नेपाल र अन्तर्राष्ट्रिय विकास संस्थाबीच रणनीतिक जलवायु कोष अन्तर्गत समृद्विका लागि वन परियोजना सञ्चालन गर्न ऋण सम्झौता भएको हो।  

एक करोड ७९ लाख रूपैयाँको उक्त सम्झौता अनुसार वन तथा पैदावारसम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न विनियोजित ६० लाख अमेरिकी डलर बराबर नेपाल सरकारले सहायक ऋणको रूपमा उपलब्ध गराउने छ। 

उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदीले हस्ताक्षर गरेका थिए भने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेको बताइएको छ।

प्रकाशित: ४ असार २०७८ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App