१ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिरियाको बजारमा विस्फोट, पन्ध्रको मृत्यु

सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ। आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

अर्मेनियाको व्यापारिक केन्द्रमा विस्फोट: छ जनाको मृत्यु, १७ जना बेपत्ता

आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “उक्त घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन्। उक्त घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।'

अफगानिस्तानमा विस्फोटन हुँदा ८ जनाको मृत्यु

सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

हवानाको होटलमा विस्फोट: थप १२ जनाको मृत्यु

क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ। यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन्।

अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु

ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

बम विस्फोटको घटनाका मुख्य योजनाकारसहित चारजनाविरुद्ध मुद्दा

तीन दिनअघि इटहरीमा कोठामा राखेको बम विस्फोट भएको घटनामा संलग्न मुख्य योजनाकारसहित चारजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ।

पाकिस्तानमा मस्जिद नजिकै विस्फोट: ३० जनाको मृत्यु, ५६ घाइते

सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।

हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु

हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ।

चीनमा ग्यास विस्फोटनबाट १२ जनाको मृत्यु

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो

कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ।

बागलुङकाे बडिगाडमा बम विस्फोट: एकको मृत्यु, एकको उपचार हुँदै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ।

लहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुईजना पक्राउ

चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। विस्फोटका योजनाकार भनिएका सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्