२१ मंसिर २०७८ मंगलबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानको मस्जिदमा विस्फोटः ३० जनाको मृत्यु

अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट हुँदा कम्तीमा ९० जना घाइते भएको बीबीसीले जनाएको छ।

विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ। विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।

प्रकाशित: २९ आश्विन २०७८ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App