पाकिस्तानको एउटा मस्जिद नजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले अनुमान गरेका छन्।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने खैबर पख्तुन्ख प्रान्तको पेशावर सहरमा शुक्रबार घटना भएको प्रहरीले जनाएको छ। विस्फोटनको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए। प्रहरीले तत्कालै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो। सुरक्षाकर्मी तथा उद्धारकर्ताहरुले घटनामा पिडित भएकाहरुलाई तत्कालै उद्धार गरेर स्थानीय विभिन्न अस्पताल लगेका थिए।
प्रकाशित: २० फाल्गुन २०७८ १०:४३ शुक्रबार