२५ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

बिबिसीले उल्लेख गरे अनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ। घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आइएसआईएसको खुरासनले हमला गरेको दाबी गरेको छ।

प्रकाशित: ११ भाद्र २०७८ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App