२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

ख्वपको पहिचानका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) का लेखकहरुसँग बिहीबार छलफल गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको जानकारी गराए ।

गाउँपालिकाको पाँच वर्षे आवधिक योजना तयार

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिकास योजना निर्माण गरिएको हो ।

कोरोना संक्रमित किशोरीसँगै नेपाल आएका चारै जनाको पहिचान

कोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका चार जनाको प्रहरीले पहिचान गरेको छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षिया एक किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको थियो। किशोरीसँग हवाई यात्रा गरेका मध्ये चार जना बाँकेका रहेको भन्दै जिल्लामा पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

पहिचानका लागि सडकमा स्तम्भ

तेह्रथुमको लालिगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारबिच रहेको गुराँसको स्तम्भलाई पृष्ठभूमि बनाएर फोटो खिच्नेहरू धेरै हुन्छन्। यो रुट भएर पहिलोपल्ट यात्रा गर्नेहरू फोटो खिच्न हतारिन्छन्।

टोपी दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र ढाका टोपी दिवस पाल्पालीले एकसाथ मनाएका छन्। नेपालीले टोपी दिवस मनाईरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। जनवरी फस्ट, २०२० नयाँ वर्षको पहिलो दिन। नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाईरहँदा अन्य दिनहरुको तुलनामा पाल्पामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।

सुन्तला कुरुम्बाको पहिचान, पर्यटनसँग जोड्न महोत्सव

कतै टार परेको, कतै भिरालो भूगोल । साना साना चिटिक्क पारेर बनाइएका घरहरु । यहीबीचमा बगानमा लटरम्म सुन्तला फलेका छन् ।

वस्तुकलामार्फत् पहिचानको खोजी

नेपाली संस्कार, संस्कृति र पहिचान झल्काउने पुराना वस्तुकला लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न सम्पदा क्षेत्रमा रहेका वस्तुकलालाई संरक्षण गर्न कलाकारहरु एकजुट भएका छन् । उनीहरुद्धारा तयार गरिएका विभिन्न वस्तुकलाहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन भइरहेका छन् ।

नाम बदलेर नागरिकता

वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन्।

वन्यजन्तुको संरक्षण गर्दै जरायो नाच

संस्कृति पहिचानका गर्दै रसुवाको सदरमुकाम धुन्चीबारमा जरायो नाच प्रस्तुत गरिएको छ। लोप हुँदै गएको संस्कृतिको संरक्षणका लागि धुन्चेका स्थानीय युवाहरूले जरायो नाच प्रस्तुत गरेका छन्।

तीन महिलाको हत्यारा अझै पत्ता लागेन

तीन महिलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै खोटाङका स्थानीयले असन्तुष्टि पोखेका छन्।

थप १२ जिल्लामा गरिब पहिचान सुरु

पहिलो चरणमा मुलुकका २६ जिल्लामा गरिब पहिचान गरेको सरकारले थप १२ जिल्लामा ‘गरिब घर परिवार पहिचान तथा परिचय–पत्र वितरण कार्यक्रम’ सुरु गरेको छ।

‘मौलिक पोशाकभित्र पहिचान खोजौैँ'

शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मौलिकता र संस्कृति समेटिएका पोशाकलाई राष्ट्रिय पहिचानको रूपमा विकास गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार ललितपुरमा आयोजना गरेको औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका विषयक गोष्ठीमा बोल्दै जोशीले मौलिक पोशाकलाई आधुनिक फेसनले मेटाउन लागेको भन्दै युवापुस्ताबाटै मौलिक पोशाकको जर्गेना हुनुपर्ने बताएका हुन्।

गुठी संस्थानमा स्थापनाकालदेखिको तथ्यांक माग

राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिले सूचना हकको प्रयोग गरी गुठी संस्थानमा रहेको स्थापना कालदेखिका जग्गाको सम्पूर्ण तथ्यांक माग गरेको छ । समितिले आइतबार त्रिपुरेश्वरस्थित संस्थानको प्रधान कार्यालयमा गई अध्यक्ष मिनराज चौधरीसमक्ष गुठी जग्गा अतिक्रमण बढिरहेको हुँदा सम्पूर्ण जग्गाको तथ्यांक माग गर्दै ज्ञापन बुझाएको हो ।

टुँडिखेलमा पहिचान र संस्कृतिको कुरा

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्