१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

ख्वपको पहिचानका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ख्वपको पहिचान (भक्तपुरको पहिचान) का लेखकहरुसँग बिहीबार छलफल गरिएको छ । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागू हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको जानकारी गराए । 

पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक भाग १ को रुपमा सन्दर्भ सामग्रीको प्रकाशन गरेको उनले जनाए । उनले भक्तपुर जिल्लाको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, पत्रकार र अन्य अनुसन्धानकर्ताहरुको लागि यो पुस्तक पठनीय हुनेमा विश्वास व्यक्त गरे । 

कार्यक्रममा सहभागी लेखकहरुले पुस्तकमा समावेश लेखहरु भक्तपुरको पहिचान झल्काउने महत्वपूर्ण पुस्तक भएको, हरेक लेखलाई विज्ञानसँग जोड्नुपर्ने, मुद्राराक्षसमा भएका त्रुटीहरुलाई आगामी दिनहरुमा परिस्कृत गर्दै लानुपर्ने, लेखसँग सम्बन्धित तस्बिरहरु राखिनु उचित हुनेलगायतका सुझावहरु दिए ।

ख्वपको पहिचान सन्दर्भ सामग्री भाग १ को मिति २०७७ असार २३ गते सार्वजनिकीकरण गरिएको थियो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले दोस्रो भाग पनि छिट्टै नै तयारी गर्ने बताए ।

प्रकाशित: २५ असार २०७७ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App