६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरुप अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन्।

सुन प्रकरणको अनुसन्धान नरोकिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ।

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

रिसइबी साँध्न उपमेयरको घरमा ढुङ्गामुढा

प्रहरीले मङ्गलवारसम्म आठजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले उपमेयर बेघाका भाइ विष्णु बेघालाई पनि नियन्त्रणमा लिएको छ।

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ।

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो।

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।

प्रहरीद्वारा विमानस्थलबाट झन्डै १ किलो सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

उच्च हिमाली क्षेत्रको गस्तीमा खटिनेलाई डाउन ज्याकेट

सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।

सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाली र अंग्रेजी

नेपाल–चीन नाकामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले चिनियाँ भाषा जान्दैनन्। भाषा नजानेपछि कतिपय अवस्था दुई पक्षले उल्टो बुझ्ने गर्छन्।

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

फेरिएको कालिकोट प्रहरी कार्यालय

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयमा प्रहरी स्मारक, पुस्तकालय, मिटिङ हल, प्रतीक्षालयमा आवश्यक संरचना छैनन्, तर जिल्ला प्रहरी कार्यालय कालिकोटमा केही फरक देख्न सकिन्छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्