२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

फेरिएको कालिकोट प्रहरी कार्यालय

‘कार्यालयभित्रै पर्याप्त पुस्तकसहितको आकर्षक पुस्तकालय, अमर प्रहरी स्मारक, मिटिङ हल, प्रतीक्षालयको व्यवस्था। छेउमै खानेपानीसहित शौचालय’, जिल्ला प्रहरी कार्यालय कालिकोटको फेरिएको रूप हो यो।

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयमा प्रहरी स्मारक, पुस्तकालय, मिटिङ हल, प्रतीक्षालयमा आवश्यक संरचना छैनन्, तर जिल्ला प्रहरी कार्यालय कालिकोटमा केही फरक देख्न सकिन्छ। जिल्ला प्रहरी कार्यालयमा एक वर्षभित्र सुधार भएको छ। डिएसपी जयश्वर रिमाल कालिकोट आएपछि प्रहरी प्रशासनमा सुधार आएको स्थानीयको भनाइ छ।

प्रहरीकै सक्रियतामा कालिकोटमा पहिलोपटक शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो। सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका प्रहरीहरूको सम्झनामा जिल्ला प्रहरी कार्यालय कालिकोटमा स्मारक निर्माण, प्रहरी कार्यालयमा पुस्तकालय स्थापना, गाउँगाउँका प्रहरी सचेतना कार्यक्रमले प्रहरी कार्यालयप्रतिको राम्रो सन्देश दिएको स्थानीय युवा हिक्मतजंग मल्लले बताए। उनले भने-पछिल्लो समय प्रहरी सेवामा सुधार भएको छ।

पूर्वाधार विकास कार्यालयको तीन लाख रूपैयाँ बजेटबाट स्मारक निर्माण भएको हो। स्मारकले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका प्रहरी कर्मचारीलाई भावी पुस्ताले पनि स्मरण गर्न मद्दत पुग्ने छ।

कालिकोटजस्तो विकट जिल्लामा देश र जनताको सेवा गर्ने क्रममा जीवन गुमाएका प्रहरी कर्मचारीको स्मारकले जनताको सेवामा समर्पित हुन प्रेरणा दिइरहने प्रहरी भनाइ छ।

डिएसपी रिमालले भने, ‘देश र जनताको सुरक्षामा खटिँदा जीवन गुमाएका अमर प्रहरीको सम्झनामा स्मारक बनाइएको हो’, उनले भने, ‘यसले फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्छ।’

प्रहरी प्रमुख रिमालले प्राथमिक उपचारका लागि प्रत्येक प्रहरी युनिटमा औजारसहितको औषधि र स्ट्रेचर राखिएको बताए। कालिकोटजस्तो विकट जिल्लामा कुन ठाउँमा कस्तो घटना हुन्छ भन्ने थाहा नहुने भएकाले पूर्वतयारी थालिएको उनले बताए।

रातदिन जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदमा अध्ययनमा व्यस्त हुने गरेका छन्। 

प्रकाशित: २१ भाद्र २०८० ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App