१६ असार २०८१ आइतबार
image/svg+xml

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु, १३ जना प्रहरी नियन्त्रणमा

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौँडाका अन्दाजी २४/२५ वर्षका सुरेश स्याङताङ रहेका छन्।

छाप्रोमा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु (अपडेट)

जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको र स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्।

ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

बैतडीमा कालाजार संक्रमणबाट एक जनाको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा कालाजारको संक्रमण देखिएको छ। यो वर्ष ८ जनामा कालाजारको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।

स्कुटर दुर्घटनामा ज्यान गयो

विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्