७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकजनाको मृत्यु, पाँच घाइते

गोरखामा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।

दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए। घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा रहेका छन्। घाइतेहरूकोे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार हुँदै छ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए। दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको  छ।

प्रकाशित: १ जेष्ठ २०८० ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App