१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बैतडीमा कालाजार संक्रमणबाट एक जनाको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा कालाजारको संक्रमण देखिएको छ। यो वर्ष ८ जनामा कालाजारको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजारबाट  केही महिनाअघि एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

हालसम्म दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एकएक जनामा कालाजार देखिएको स्वास्थ्य प्रमुख भट्टले बताए। कालाजार देखिएकामध्ये शिवनाथका एकजनाको मृत्यु भएको हो।

कालाजार एकप्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्। कालाजार भएमा उच्च ज्वरो आउने र छालामा विभिन्न खालका संक्रमण देखापर्ने गरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

प्रकाशित: ८ असार २०७९ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App