१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एकजनाको मृत्यु

खोलाले बगाउँदा दैलेखमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ घर भएका १६ वर्षीय शिव शाही रहेका छन्। दैलेखकको आठविस नगरपालिका–१ रामघाटमा डुङ्गाले बगाउँदा उनको मृत्यु भएको हो।  

उनका बुवा टेकबहादुर शाही कर्णाली नदि छेउमै मलामी गएका थिए। मृत्तक शाहीसहित २ जना बालकहरू डुङ्गामा सवार थिए । उनीहरू भने ज्यान जोगाउन सफल भएका छन्।  

एक्लै डुङ्गा चलाएर गएका शिवको हातबाट दाविलो नदिमा खसेपछि डुङ्गा नदिले बगाएको थियो। आइतवार डुङ्गासहित बेपत्ता शिवको सोमवारसम्म पनि शव फेला पर्न नसकेकोे जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी कमलप्रसाद आर्चायले बताए। प्रहरी र स्थानीयले बेपत्ता भएका बालकको खोजी कार्य गरिरहेका छन्।  

प्रकाशित: १८ भाद्र २०८० ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App