७ कार्तिक २०७८ आइतबार
समाज

स्कुटर दुर्घटनामा ज्यान गयो

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। को २१ प ५६१२ नम्बरको स्कुटर दक्षिणबाट उत्तरतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। 

विराटनगर–१२ कोसी प्रोजेक्टस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा घाइते भएका शर्माको कोसी अस्पतालमा उपचारका क्रममा राति पौने १ बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०७८ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App