१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन

मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा आइतबार साँझमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो। साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनापछि आक्रोशित स्थानीयले तोडफोड गरेर टिपरमा क्षति पुर्‍याउनुकास साथै चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्कामाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते चालक खड्काको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि आफन्त र स्थानीय बासिन्दाले मृतकको शव बुझ्न अस्वीकार गरेको रतुवामाई–४ का वडाध्यक्ष देवराज राजवंशीले बताए। उनका अनुसार दुर्घटनाको विरोधमा उत्रिएका स्थानीय, आफन्त र परिवारका सदस्यले मृतकको शव बुझ्न अस्वीकार गरिरहेका छन्।

स्थानीयका अनुसार ठक्करबाट लडेरका उनलाई पुनः टिपर पछाडि गरेर किच्दा मृत्यु भएको बताएका छन। दुर्घटना गराउने चालकसँग सवारी चालक अनुमतिपत्र साथमा नभएको र साँघुरो सडकमा टिपरले साइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७८ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App