१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु

बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  

शनिवार राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन्।  

कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो। प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए। चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ। घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८० ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App