९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन्। उनले ३४ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरे। शाक्यले २४ मत प्राप्त गरीन्। संसदीय दलका अर्का आकांक्षी राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितपुरको तुलसिलाल स्मृति भवनमा भएको चुनामा पौडेल र शाक्य दुई प्रतिष्पर्धी भएका थिए। शाक्य एमाले उपाध्यक्ष हुन् भने हेटौंडाबाट निर्वाचित पौडेल हेटौंडाका पूर्व मेयर हुन्।

पाखा लागे भण्डारी, मुख्यमन्त्रीमा शाही पक्का

प्रदेश नम्बर छ को मुख्यमन्त्री विवाद करिब समाधान भएको छ। एमाले र माओवादी सहमति अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको थियो। ६ नम्बर प्रदेशमा माओवादीका दुई नेता कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीले मुख्यमन्त्री दावी गरेका थिए। शाहीको नाममा सहमति भएको माओवादी स्रोतले बताएको छ।

प्रदेश ७ मा मुख्यमन्त्रीको कार्यालय संचालन

सात नम्बर प्रदेश अस्थायी राजधानी धनगढीको कार्यालयबाट मुख्यमन्त्रीले मंगलबारदेखि कामकाज सुरू गरेका छन्। निर्माण कार्य भइरहेको भवनको एउटा कोठाबाट कर्मचारीहरूले कामकाज सुरू गरेका हुन्।

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘हाकिम साहेब’ मुख्यमन्त्री हुने भएपछि खुसियाली

मोहम्मद लालबाबु राउत प्रदेश नम्बर २ का पहिलो मुख्यमन्त्रीमात्र हुने भएनन्, गणतन्त्र स्थापनापछि मुस्लिम समुदायबाट उच्च आहोदामा पुग्ने पनि पहिलो व्यक्तिसमेत हुने भएका छन्।

मुख्यमन्त्रीमा भट्ट निश्चित

राजधानीका दिपायलमा हुनुपर्ने भन्दै डोटीमा आन्दोलन पनि चलिरहेकाले प्रदेश राजधानी तराई भएपछि सन्तुलन मिलाउन त्रिलोचन भट्टलाई सिफारिस गरिएको भाटले बताए।

मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि

मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि प्रदेशको अर्को महत्त्वपूर्ण पद सभामुख एमालेलाई परेको छ । तर, प्रदेशसभामा एमालेका दुई शीर्ष नेताले उक्त पदमा रुचि देखाएका छैनन् । बरु उनीहरुको ध्यान संसदीय दलको नेतामा छ। यामलाल कँडेल र प्रकाश ज्वाला दुवै एमाले पोलिटब्यूरो सदस्य छन् । यीमध्ये एकलाई सभामुख र अर्कोलाई संसदीय दलको नेता बनाउने पार्टी योजना छ । तर, दुवै संसदीय दलको नेता बन्ने दौडमा छन् । ‘सभामुखमा मेरो रुचि छैन, मेरो प्रयास दलको नेता बन्नेतिरै हुनेछ,’ ज्वालाले भने, ‘सहमतिबाट भए राम्रो, नभए चुनावमै जाने मनस्थिति बनाइसकेको छु।’

‘भावी मुख्यमन्त्री’ पोखरेलसँग विकास र समृद्धिको अपेक्षा

प्रदेश नम्बर पाँचको संसदीय दलको नेता सर्वसम्मत रुपमा बनाएर नेकपा एमालेले पार्टीका नेता शंकर पोखरेललाई ‘भावी मुख्यमन्त्री’ का रुपमा प्रस्तुत ग-यो।

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमीले आइतबार शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। यसअघि अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो। रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

मुख्यमन्त्री र एक मन्त्रालय सञ्चालन

प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शुक्रबारबाट प्रदेश राजधानी हेटौंडामा सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले पदबहाली गरेसँगै कार्यालय सञ्चालनमा आएको हो।

फोरमले निर्वाचनबाट मुख्यमन्त्री चयन गर्ने

संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। प्रदेशकै ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ।

नियमनकारी मौन

साबिक अयोध्यानगर–८ हाल गोलबजार नगरपालिकास्थित गागनखोलाको पूर्वी किनारमा सन्नी क्रसर उद्योग छ । केही समय बन्द हुने र त्यसपछि सञ्चालनमा आउने यो उद्योगको नवीकरण फेल छ । नवीकरण नभएका उद्योग सञ्चालन गैरकानुनी ठहरिन्छ।

एपिएफ र न्यु डायमन्डबीच फाइनल

एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्