११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरम संसदीय दलको नेतामा लालबाबु राउत, मुख्यमन्त्रीको बाटो खुल्यो

लालबाबु राउत बीचमा । तस्बिर : बेब फोटो

जनकपुरधाम – संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। यसअघि अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो। रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले आइतबार ४ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो। प्रदेश सरकारको मुख्यमन्त्री फोरमले पाउने र पार्टी संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेकाले उक्त पदको लागि आकांक्षी बढी देखिएका थिए। 

संसदीय दलको नेताका लागि सिरहाबाट विजय यादव, पर्साबाट लालबाबु राउत गद्दी र प्रहलाद गिरी, महोत्तरीबाट कौशलकुमार यादव र सरोजप्रसाद सिंह, रौतहटबाट योगेन्द्र यादव र सप्तरीबाट शैलेन्द्र साहले उम्मेदवारी दर्ता गराएका थिए। 

संसदीय दलको नेताका लागि सात जनाको उम्मेदवारी परेपछि सहमतिको प्रयास भएको थियो। फलस्वरुप राउतको नाममा सहमति जनाउँदै अन्य ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। 

प्रकाशित: २१ माघ २०७४ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App