प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।
यही माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठूलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट सभामुख चुनिँदैछन् ।
दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्।
शिवम् न्यु डायमन्डले ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित हात पारेको छ ।बुधबार सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीलाई पराजित गरेको न्यु डायमन्डले दोस्रो खेलमा श्रीगाउँलाई पराजित गरेको हो ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।
यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशको भागवण्डामा सहमति गरेको छ। आज बसेको कार्यदलको बैठकले ४ मुख्यमन्त्री एमाले लिने र २ वटा माओवादीले लिनेगरी सहमति गरेको हो। जस अनुसार ६ र ७ प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने छ।
प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्।
एमाले प्रदेश सभा संसदीय दलको बैठकले दाङ—२ प्रदेश—१ का सांसद शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरेको छ।
शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन विजयी भएका छन्।
आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।
एमाले–माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठकमा माओवादीले कम्तीमा २ मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।
राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए।