१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पिसिआर रिपोर्ट हप्तादिनसम्म नआएपछि एन्टिजेन परीक्षणमा प्राथमिकता

गोरखा नगरपालिका भित्रका करिब एक सय ५० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। यस अघि आएका रिपोर्ट पनि छ देखि नौ दिनमा आएको उनले बताए । पिसिआर रिपोर्ट ढिला भएपछि शुक्रवारबाट एन्टिजेन परीक्षण सुरु गरिएको छ ।

एकैदिन ७ हजार ८९० संक्रमणमुक्त, १ सय ७७ को मृत्यु

पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

बाँकेमा घट्दै कोरोना संक्रमण दर

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा आइतबार र सोमबारको रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ।

खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

गत वैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन्।

अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न काँग्रेसको माग

सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।

कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ। किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन्।

टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण स्थगित गरेको छ।

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ८८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।

१५ सांसदसहित ६९ जनालाई संक्रमण, एक कर्मचारीको मृत्यु

संसद् सचिवालयले गरेको कोरोना परीक्षणमा ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। शुक्रबार बेलुकीसम्ममा १५ जना सांसद र अन्य कर्मचारी, सुरक्षाकर्मी गरी ६९ जनामा कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारीमा प्रजिअ

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि ‘सिल’ गर्ने निर्णय गरेको हो।

भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा

नयाँ प्रजातिका कोराना भाइरसको संक्रमण फैलिरहेको भारतबाट फर्केका नागरिक बिनापरीक्षण गाउँ जानाले संक्रमण समुदायमा फैलिने खतरा बढेको छ।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्