१४ आश्विन २०८१ सोमबार
image/svg+xml

घ्याङफेदी मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो, १० जनाको सनाखत हुन बाँकी

नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ।

त्याे समयकाे विवाह

गत असोज ७ गते राष्ट्रकविका रुपमा ख्याति पाएका माधवप्रसाद घिमिरेले आफ्नो सयौँ जन्मदिन मनाए । उनको शरीर बुढो हुँदै गएको छ, उनलाई  आफ्नै बगैँचामा जाँदा डो-याउनुपर्छ । केही समयअघि रगत ‘इन्फेक्सन’ भएपछि कम हिँडडुल गर्ने गरेका घिमिरेको शरीर थाकेजस्तो देखिए पनि  उनको आत्मविश्वास, उनको अध्ययनशीलता र उनको निरन्तर लेखाइ–पढाइमा कुनै थकावट आएको छैन ।

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न अदालतले सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश दिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दा सम्मका लागि यस्तो आदेश दिएको हो।

पप्पुलाई कारबाही गर्ने उपमहानिर्देशक थापा इटहरी फालिए

ठेक्का लिएका अधिकांश आयोजना समयमा नसक्ने र निर्माण पनि गुणस्तरहीन गर्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न भूमिका खेलेका सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापालाई सरुवा गरिएको छ।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक

गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीय कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी दुई कम्पनीलाई सार्वजनिक खरिद (ठेक्कापट्टा) मा रोक लगाएको हो।

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

ट्रकले किच्दा २ जनाको मृत्यु

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो।

सहकारीलाई एक्साभेटर सहयोग

कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुईवटा जापानी कम्पनीहरु– तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेड–ले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके३५एसआर–६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गर्न बिहीबार एक कार्यक्रम आयोजना गरेका छन्।

पप्पुसँगको ठेक्का तोडियोे

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना, दुईको मृत्यु

काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

मंसिरमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो

सुरक्षित आवास निर्माणबारे एकै थलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्