२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद्हरुको भनाइ छ ।

दुई दिन निकै ठूलो वर्षा हुने सम्भावना

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ । यस्तै वर्षा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थान पनि हुने अनुमान गरिएको छ ।

अब ४ दिन ठूलो वर्षा र बाढीको सम्भावना, कहाँ–कहाँ ?

देशका धेरैजसो स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेकाले साउन १३ देखि १५ गतेसम्म बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्कता अपनाउन विभागले आम नागरिकलाई आग्रह गरेको छ ।

नेपाल नजिकै आयो न्यून चापीय रेखा, फेरि सुरु हुने भयो भारी वर्षा

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ ।

‘सोमबार रातिदेखि फेरि ४ दिन ठूलो वर्षा, सजग बनौं’

शनिबार ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले त्यसले मनसुन सक्रिय भई देशभर हल्कादेखि भारीसम्म वर्षा गराउने जानकारी दिएको हो ।

वर्षासँगै सक्रिय हुन्छन्, ‘गेजरिडर’

भारी वर्षा भइरहँदा कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई मोहना नदीमा पानीको बहाव मापन गर्न भ्याइनभ्याइ हुन्छ। जिल्लामा विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत ‘गेज रिडर’को जिम्मेवारीमा रहेका चौधरीलाई बाढी डुबानको सम्भावित जोखिम अवस्थाको जानकारी लिई त्यसको सूचना दिनुपर्दा भ्याइनभ्याइ हुने गरेको हो।

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।

न्यून चापीय रेखा केही टाढा भयो, आजदेखि वर्षा घट्ने

मौसमविद्का अनुसार उक्त रेखा नजिक हुँदा वर्षा हुने क्रम बढ्छ भने टाढा हुँदा घट्छ । आज बिहान काठमाडौं उपत्यकालगायत देशका कतिपय स्थानमा घाम लागेको छ ।

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोकाे खतरा

महाशाखाका अनुसार सातै प्रदेशमा आज दिउँसोदेखि रातिसम्मै हल्कादेखि भारी (ठूलो) सम्म वर्षा जारी रहने सम्भावना छ ।

अफ्रिकाबाट उत्पत्ति हुन्छ नेपालमा आउने वर्षा

अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायुवर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ। सोही वायुकै कारण नेपालमा वर्षा हुने गरेको मौषमविद्हरू बताउँछन्। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायुले लामो यात्रा गर्दै नेपालमा आउँछ हरेक वर्ष यो क्रम दोहरिन्छ।

मौवाखोलामा सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको मौवाखोला सडक भासिँदा आउजाउ अवरुद्ध भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको सिमानामा पर्ने मौवाखोलामा पुलछेउको सडक कटानका कारण भसिएको हो।

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ।

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

शनिबार रातिदेखि नै नेपालमा निरन्तर वर्षा भइरहेको छ । अब वर्षा झन् बढ्ने मौसमविद्ले बताएका छन् ।

शनिबार रातिदेखि लगातार वर्षा, अब ५ दिन अति जोखिम

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिक आइरहेकाले आजदेखि कम्तीमा ५ दिन देशभर वर्षा जारी रहने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्