१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

शनिबार रातिदेखि लगातार वर्षा, अब ५ दिन अति जोखिम

फाइल तस्बिर

शनिबार रातिदेखि देशभर मनसुन सक्रिय भई अधिकांश स्थानमा लगातार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

जल तथा मौसम विज्ञान विभागलगायत निकायले केही दिनअघि नै सूचना जारी गरी आजदेखि ५ दिन देशभर हल्कादेखि अति भारीसम्म वर्षा हुने भन्दै बाढी, पहिरो तथा डुबानबाट ज्यान जोगाउन आम नागरिकलाई आग्रह गरिसकेको  छ ।  

 

यो पनि पढ्नुहोस्

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

 

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिक आइरहेकाले आजदेखि कम्तीमा ५ दिन देशभर वर्षा जारी रहने सम्भावना छ।   

मौसम पूर्वानुमान महाशाखाले यो खबर लेख्नुभन्दा १ घण्टाअघि आफ्नो ट्विटरमार्फत दिएको सूचनाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । 

सूचनामा भनिएको छ, ‘अहिलेलाई प्रदेश ५, प्रदेश ४, बागमती प्रदेश र प्रदेश २ का एक-दुई स्थानमा मेघगर्जन/चटयाङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार राति पनि धेरै स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा प्रदेश १ का थोरै स्थानमा  भारी वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ४ गते (आइतबार)  

दिउँसो :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश,  गण्डकी  प्रदेश,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

राति :  देशभर पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

साउन ५ गते (सोमबार)

दिउँसो : देशभर पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १,  प्रदेश २,  बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र  कर्णाली प्रदेशका थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश,  प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी  प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

साउन ६ गते (मंगलबार)

दिउँसो : देशभर पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी  प्रदेश  र कर्णाली प्रदेशका थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

बढ्यो बाढीपहिरोको जोखिम

वर्षा बढेसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको छ ।  

बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशैभरजसोका खोला/नदीमा बाढी आइरहेको उल्लेख गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  

याे सूचना हेर्नुहाेस् :

प्रकाशित: ४ श्रावण २०७७ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App