८ वैशाख २०८१ शनिबार
समाज

वर्षा कम हुँदै, शनिबार अझ घट्ने

प्रतिकात्मक तस्बिर

वर्षाको मात्रा दिनप्रतिदिन कम हुँदै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि शनिबार छैन ।  

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ ।  

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २, बागमती र  गण्डकी  प्रदेशका थोरै स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

शुक्रबार पनि दिउँसो तथा राति देशभर केही स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती र गण्डकीका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी शनिबार दिउँसो तथा राति देशका केही स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा छ । भारी वर्षाको सम्भावना भने कतै छैन ।  

मौमसविद्का अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी न्यून चापीय रेखा पश्चिमतर्फ नेपालबाट दक्षिण सरेको छ भने पूर्वमा नेपाल नजिकै छ । यसैकारण पश्चिमतर्फ भन्दा पूर्वतर्फका प्रदेशमा अलि बढी वर्षा हुने गरेको हो ।  

वर्षाको मात्रा घटेको भए पनि पहिलेकै झरीले जमिन गलिसकेकाले पहिरो तथा बाढीको जोखिम भने हुने मौसमविद्ले बताएका छन् ।  

 

यो पनि पढ्नुहोस्

२ दर्जनभन्दा बढी जिल्लामा बाढीको ‘मध्यम जोखिम’

प्रकाशित: ८ श्रावण २०७७ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App