७ वैशाख २०८१ शुक्रबार
समाज

आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज शुक्रबार देशका धेरै स्थानमा वर्षा हुने तथा बाढीपहिरो आउने सम्भावना रहेको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।  

मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो । साथै प्रदेश १, प्रदेश २, सुदूरपश्चिम र प्रदेश ५ का एक वा दुई स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।  

अहिले पनि देशका कतिपय स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  

२४ घण्टे (शुक्रबार साँझ ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म) चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  

प्रकाशित: १६ श्रावण २०७७ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App