४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल नजिकै आयो न्यून चापीय रेखा, फेरि सुरु हुने भयो भारी वर्षा

केही दिन टाढा सरेको मनसुनको न्यून चापीय रेखा फेरि नेपालको नजिक भएको छ । अब देशभर वर्षा हुने क्रम बढ्नेछ ।

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ । 

मौमस पूर्वानुमान महाशाखाले शनिबार नै ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै सोमबार रातिदेखि ठूलो वर्षा हुने जानकारी गराइसकेको छ । 

 

यो पनि पढ्नुहोस्

‘सोमबार रातिदेखि फेरि ४ दिन ठूलो वर्षा, सजग बनौं’

 

सोमबार रातिदेखि न्यून चापीय रेखा नेपालको नजिक हुने अनुमान गरिए पनि आइतबार नै यो रेखा नेपालको नजिक भएको महाशाखाले जनाएको छ ।  

जसका कारण अब देशभर बिस्तारै वर्षा बढ्ने अनुमान गरिएको छ । 

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

तर राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित ठूलो वर्षाको समेत सम्भावना छ ।  

सोमबार रातिदेखि भने वर्षाकाे क्षेत्र र मात्रासमेत बढ्दै जाने महाशाखाको बुलेटिनमा उल्लेख छ । 

हेराैं, महाशाखाले जारी गरेकाे तीन दिनसम्मकाे वर्षा अनुमान  :

प्रकाशित: ११ श्रावण २०७७ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App