१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

‘सोमबार रातिदेखि फेरि ४ दिन ठूलो वर्षा, सजग बनौं’

फाइल तस्बीर

केही दिन केही कम भएको वर्षा आगामी सोमबार रातिदेखि फेरि बढ्ने सम्भावना रहेको भन्दै सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।  

शनिबार ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले साउन १२ गते (सोमबार) रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले त्यसले मनसुन सक्रिय भई देशभर हल्कादेखि भारीसम्म वर्षा गराउने जानकारी दिएको हो ।  

‘आउँदो सोमबार (साउन १२) रातबिाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सम्भावना छ,’ विशेष मौसम बुलेटिनमा भनिएको छ, ‘त्यसैले ती स्थानका नदीरखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

सोमबार रातिअघिसम्म कस्तो छ वर्षाको सम्भावना ?  

मौसम पूर्वानुमान महाशाखका अनुसार आज दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी,  ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

यसैगरी राति पनि केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ भने प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत  सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे नै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

यसैगरी आइतबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा रातिचाहिँ प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

महाशाखाका अनुुसार सोमबार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यसम्म र प्रदेश १, २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  

सोमबार रातिदेखि भने वर्षाको मात्रा बढ्दै जाने महाशाखाले जनाएको छ । किनकि त्यस रातिदेखि मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आउने यसअघि नै उल्लेख गरिसकिएको छ ।  

प्रकाशित: १० श्रावण २०७७ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App