बर्तको सारंगी संघर्ष
उनीसँगैका साथी स्कुल जान्थे । उनी भने सारंगी बोकेर घर–घर चहार्थिन् । सारंगीको धुनमा गीत गाउँथिन् । र, छाकको जोहो गर्थिन्। स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो।