१० मंसिर २०८१ सोमबार
image/svg+xml

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

नयाँ शक्ति विद्यार्थी युनियनले संगठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ। युनियनको केन्द्रीय समितिको बैठकले चैत्र २४, २५ र २६ गते बुटबलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए।

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

रविचन्द्रन अश्विनले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले विशाखापट्टनममा जारी दोस्रो टेस्टको दोस्रो दिनसम्म इङ्ल्यान्डविरुद्ध पकड बलियो बनाएको छ।

भारतको संघर्ष जारी

चेतेश्वर पुजारा र मुरली विजयले शतक बनाएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले गतिलो जवाफ फर्काएको छ। उच्च स्कोर बनेको टेस्टको तेस्रो दिन शुक्रबार खेल सकिँदा घरेलु टोलीले ४ विकेट क्षतिमा ३ सय १९ रन बनाएको छ।

सत्ता र संघर्षको घनचक्कर

आखिर किन सफल हुँदैन त मधेस आन्दोलन? किन सम्बोधन हुँदैन मधेस मुद्दा? 'मधेसवाद' मा विद्यावारिधि गरेका राजेश अहिराजका अनुसार 'मुद्दाप्रतिको विश्वसनीयतामा कमी र नेताहरूको छवि' का कारण जतिसुकै आन्दोलन र सम्झौता भए पनि कार्यान्वयनमा आउन नसकेको हो, मधेसी जनताले लडिरहनुपरेको हो।

११ विद्यार्थी संगठनद्वारा महाअभियोगको पक्षमा सडक संघर्षको घोषणा

लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दै विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले सडक संघर्ष थालेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै एक घन्टासम्म प्रदर्शन गरेका छन्।

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'जीवन संघर्ष' मा मेरो दृष्टि

मित्र रेखबहादुर भट्टराईले हालै 'जीवन्त संघर्षु नाम दिएर आफ्नो परिवारको कथा प्रकाशित गनुभएको रहेछ। एकप्रति प्रेमपूर्वक प्राप्त भयो। उसो त भट्टराईले अहिलेसम्म ६ थान गहकिला पुस्तकपुस्तिका लेखी प्रकाशित गरेर आफ्नो लेखन सीपको जानकारी दिइसक्नुभएको छ। तीमध्ये मैले पनि केही पुस्तकको स्वाद लिने मौका पाएको छु।

समस्या समाधान नभएसम्म संघर्ष: महतो

काठमाडौं- संघीय गठबन्धनको रिले अनसन २१ औं दिनमा प्रवेश गरेको छ। गठबन्धनले २१ दिनदेखि खुल्लामञ्चमा रिले अनसन बस्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्