२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

काठमाडौं- नयाँ शक्ति विद्यार्थी युनियनले संगठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ। युनियनको केन्द्रीय समितिको बैठकले चैत्र २४, २५ र २६ गते बुटबलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिने  र तयारीको लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।  

“राजनीतिक भागबन्डा विरुद्ध नयाँ शक्ति, विश्वविद्यालयमा बरिष्ठ र प्राज्ञिक व्यक्ति” भन्ने नारा सहित शैक्षिक भ्रष्टाचारको विरुद्ध संघर्ष गर्ने समेत युनियनले जनाएको छ।  

संगठनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देशैभरीबाट दबाब दिने गरि कार्यक्रम ल्याउने जनाएको छ।

                     

प्रकाशित: १० मंसिर २०७३ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App