जीवनमुक्ति र निर्वाण –१०
भयदेखि छ ऊ टाढा छुँदैनन् दोष बुद्धिले । नगर्नु भन्दा मान्दैन गर्दैन गर नै भन ।।
भयदेखि छ ऊ टाढा छुँदैनन् दोष बुद्धिले । नगर्नु भन्दा मान्दैन गर्दैन गर नै भन ।।
वहौन् प्रलयका वायु सबै सागर एक हौन् ।। हुन्न बहज्ञको हानि बाह्रै आदित्य चम्किउन् ।।
तत्व जानेपछि पनि ब्रह्माभ्यास सधैं गर ।। निर्मली नामले मात्र कहाँ जल निखार्दछ ।।
दृश्य दर्शन सम्बन्धबाट पाइन्न कयै सुख ।। ‘म बह्मा हुँ’ ज्ञानबाट मनको नाश हो सुख ।।
दृश्य–दर्शन–सम्बन्धान्न भवेत् परमं सुखम् । तदेवैकान्त–संवित्या मनो–नाशः परं पदम् ।।
व्रम्हाण्डमा वायु जस्तै ऊ सबै जीवभित्र छ ।। त्यो नै इश्वर आत्मा हो देहभिन्न असङ छ ।।
आदि र अन्त्यले हीन सत्य चैतन्य रूप जो । पदार्थमा सर्वश्रेष्ठ जीवको त्यो स्वरूप हो ।। निर्विकल्प जहाँबाट उत्पत्ति नभको हुने । यस्तो स्वरूप आत्माको त्यसलाई चिन्यौ भने ।।
छिद्रहीन स्फटिकमा आकाश देखिएसरी । सबै पदार्थमा देख्छौ परमेश्वर त्यसरी ।।
आफैँ अदृश्य हो राहु तर ऊ यदि छोप्तछ । चन्द्रलाई त्यसै वेला दृष्टिगोचर बन्दछ ।। त्यस्तै अदृश्य हो आत्मा जानिने अनुभूतिले । तर देखिन्छ त्यो आत्मा पाए मद्दत दृश्यले ।।
गहना धेर छन् जस्तो सुन ता तर एक छ । उपाधिले धेर तर आत्मा आखिर एक छ ।। शरीरमा अङ्ग जस्तो माटोमा घट दीप झैँ । नाना स्वरूप देखिन्छ एक अद्वैत ब्रह्म नै ।।
देहादि संघका भित्र जो भाव नित्य फुर्दछ । ‘यो’ ‘त्यो’ ‘म’ आदि जो भन्ने त्यही हो जीव निन्दित ।। ‘सव नै यो चिदाकाश ब्रह्म हो’ दृढनिश्चय । भएमा दीप झैँ तेल सकिदा जीव निभ्दछ ।।
तिम्रो ज्ञान भिन्न छैन ज्ञानबाट नज्ञेय नै । आत्मादेखि भिन्न केही छैन भेद कतै कुनै ।।
ज्ञानसागरमा जीव सब यी लहरीसरी । उब्जन्छन् खेल्दछन् फेरी स्वभावैले हराउँछन् ।।
अनन्त शुद्ध औ बुद्ध म मायादेखि दूर छु । आफ्नो भन्ने देहलाई अरुको सरि देख्दछु ।।
साधुले ब्रह्म यौटै छ भन्ने संकल्प लीकन । शान्त भै दुःख त्यागेर रहने गर्छ निश्चय ।। उसको जो छ अहंभाव स्वयं नै नष्ट बन्दछ ।।।