२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

वासनोपसम– ५


साधुले ब्रह्म यौटै छ भन्ने संकल्प लीकन ।
शान्त भै  दुःख त्यागेर रहने गर्छ निश्चय ।।
उसको जो छ अहंभाव स्वयं नै नष्ट बन्दछ ।।।

ब्रह्मदेखि वृक्षसम्म सबैमा एक ब्रह्म छ ।
भाव यस्तो लिन सके चित्त शीतल बन्दछ ।।
नष्ट हुन्छ अहंभाव आकाशसरी व्यापक ।
बनेर ऊ सदा बस्छ विश्वमा भई निर्मल ।।

भित्र शीतलता पाए विश्व शीतल बन्दछ ।
भित्री ताप जहाँ हुन्छ तहाँ त्यो विश्व जल्दछ ।।

क्रमशः
(ज्ञवालीद्वारा संस्कृतबाट अनुवादित योगवाशिष्ठसारको नेपाली पद्य हरेक शनिबार नियमित प्रकाशित भइरहेको छ ।)

प्रकाशित: १० चैत्र २०७४ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App