२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ। कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो।

पर्यटकीयस्थल बराहपोखरीमा ल्याइएका डुंगा अलपत्र

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको खोटाङको बराहपोखरीमा तीन वर्षअघि डुंगा परीक्षण हुँदा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा स्थानीय आशावादी थिए। तर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा सञ्चालनका ल्याइएका डुंगा परीक्षणमै सीमित हुन पुगेको छ। करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै पर्यटक आकर्षित गर्न २०७४ चैत १० गतेदेखि डुंगा सञ्चालनमा ल्याइएको थियो। तर पाइडलले चल्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

आन्तरिक पर्यटकलाई प्याकेज

नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्।

काली मार्सी फलाउने छुमचौर पर्यटकीय गन्तव्य

नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो पनि परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो। पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो।

सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य

सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्नुको कारण थियो– घान्द्रुक पर्यटकीय गाउँ हो। पर्यटनले चिनिएको घान्द्रुकसँग फरक संस्कृति र सुन्दरता छ। त्यही सुन्दरतासँग लोभिएका उनले फिल्मको गीतमा घान्द्रुकलाई समेटेका थिए।

नेपाल आउने विदेशी पर्यटक ८० प्रतिशत घटे

राष्ट्रिय अभियानको रूपमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने अपेक्षा गरिएकोमा २० प्रतिशत मात्रै पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ।

दामन भ्यूटावर चार महिनादेखि बन्द

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान्। हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो–नेपालको शीतल भ्यूटावर। दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ। गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिए।

पर्यटन व्यवसायी भन्छनः भारतीय पाहुनाका लागि नाका खोलिदिउँ

भारतीय पाहुना नेपाल घुम्न आउन पाउनेगरि नाका खुलाइदिनुपर्ने माग यहाँका व्यवसायीको छ ।

गाडी बिकेन, ऋणको भार थपिएको थपियै

कोरोनाको मारमा परेर यात्रु नपाउँदा महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्ने सुविधासम्पन्न पर्यटक बस कामविहीन भएर थन्किएका छन् ।

पर्यटकले धानेको घान्द्रुक गाउँ

बिक्रम गुरुङले पुर्ख्यौली थलो घान्द्रुकमा यतिबेला होटल निर्माण गरिरहेका छन् । झन्डै १५ वर्ष परदेशमा बिताएका उनले आठ वर्ष अघि गाउँ फर्केर भाडाको घरमा होटल चलाइरहेका थिए । कोरिया र बेलायतमा डेढ दशक बिताएका उनले विदेशमा रहँदा आफूजस्ता काम गर्नेको इज्जत कतै देखेनन् । पैसाका लागि मात्रै काम हुने देख्दा उनलाई दिक्क लाग्यो, अनि घर फर्केर होटल सुरु गरे ।

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन्।

पर्यटकीय लेक जोड्दै सडक

पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो।

नौ महिनापछि चम्किएको लेकसाइड (तस्बिरसहित)

पाहुनाको आगमनको हिसाबले लेकसाइड उल्लासमय नबनेपनि महोत्सवका कारण लेकसाइड राती केही अबेरसम्म चम्किन भने पाएको छ ।

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्